पर्वत– नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताएका छन्।
पर्वत जिल्लाका विभिन्न पालिकाहरुको पालिका स्तरीय भेलामा सहभागी हुन शनिबार पर्वत आएका बस्नेतले कार्यकर्ता भेटघाटमा नेकपा एमालेबाहेक अन्य दलहरु गैह्रकम्युनिस्ट भएकाले ती दलहरुसँग तालमेल नहुने बताएका हुन्।
एमालेसँग टाँसिएर बहुमत ल्याउने सपना नदेख्न नेकपा (माओवादी केन्द्र) सहितका कम्युनिस्ट पार्टीलाई बस्नेतले चेतावनी दिए। एमाले एक्लै निर्वाचनमा लड्नेगरी तयारी अवस्थामा रहेको पनि बस्नेतको भनाइ छ।
निर्वाचनमा स्थानीय स्तरको आवश्यकता अनुसार तालमेल पनि हुनसक्ने बताउँदै उनले निर्वाचनमा सक्रिय भएर होमिन कार्यकर्ताहरुलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।