काठमाडौं– २०१८ फिफा विश्वकप फुटबलमा अहिलेसम्म ५६ खेल सकिएका छन्। २४ टिम घर फर्कंदा ८ टिम क्वार्टरफाइनलमा पुगेका छन्।
अहिलेसम्म १ सय ४६ गोल भएका छन्। जसमा २१ गोल पेनाल्टीमा भए। अहिलेसम्म २८ पटक पेनाल्टी दिने निर्णयमा ७ पेनाल्टी 'मिस' भए।
रोमाञ्चक बन्दै गइरहेको विश्वकपको क्वार्टरफाइनलका खेल शुक्रबार र शनिबार हुनेछन्। शुक्रबार ब्राजिल र बेल्जियम तथा फ्रान्स र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ। शनिबार स्विडेन र इंग्ल्यान्ड तथा रसिया र क्रोएसियाबीच भिडन्न हुनेछ।
क्वार्टरफाइनलअघिका खेल कस्ता रहे, अब यसपछिको भिडन्त कत्तिको रोमाञ्चक होला?
नेपाल लाइभका सीताराम कोइरालासँग नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले विश्लेषण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।