तुलसीपुर, दाङ- कृषि सामग्री संस्थानको मल कालोबजारी गरेर बेच्ने फूलबारी कृषि सहकारी संस्थाका सदस्य कर्णबहादुर नेपालीलाई संस्थाले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।
नेपालीलाई बुधबार बसेको संस्थाको बैठकले साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो। साथै, किसानलाई तोकिएको भन्दा बढी मूल्यमा मल बिक्री गरेको भन्दै सहकारी संस्थाका अध्यक्ष हरिहर पौडेलले बढी लगेको रकमसमेत फिर्ता गर्न लगाएका हुन्। नेपालीले युरियामा रु २०० र डिएपीमा रु ५० भन्दा बढी रकम लिएर मल बिक्री गरेका थिए।
उनले किसानबाट चर्को रकम लिएको बारेमा केही दिनअगाडि विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सहकारी संस्थाले नेपालीलाई कारबाही गरेर पीडित ८८ जना किसानलाई रकम फिर्ता गरेको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।