काठमाडौं– पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको बुलेटिनअनुसार पाँच हजार ३७६ मा कोरोना परीक्षण गर्दा ३८ जनामा सङ्क्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या दुई हजार ४५३ रहेका छन्। पछिल्लो समय २६९ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुने संख्या नौ लाख ६३ हजार ५९२ पुगेको छ। यो दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
आज संक्रमणबाट कसैको पनि निधन भएको छैन। मन्त्रालयका अनुसार २०० भन्दा बढी संक्रमित भएका जिल्लामा ललितपुर र काठमाडौं रहेका छन्। शून्य संक्रमित भएको नौ जिल्ला धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, बाजुरा, डोल्पा, हुम्ला र जुम्ला छन्। नेपालमा संक्रमण दर १७.७ प्रतिशत छ।
हाल होमआइसोलेशनमा दुई हजार ४०९, संस्थागत आइसोलेशनमा ४४, आईसीयुमा २१ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा ९७ हजार ३०६ जनाले खोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।