काठमाडौं– नेकपा एमालेले कर्णालीमा गठबन्धन भए १५ पालिका र नभए २९ वटामा जित्ने आंकलन गरेको छ। एमाले केन्द्रीय कमिटीमा कर्णालीको अवस्थाबारे रिपोर्टिङ गर्दै नेता विनोद कुमार शाहले यस्तो बताएका हुन्।
उनले २०७४ को निर्वाचनमा २६ वटा पालिका जितेको उल्लेख गर्दै कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन भए क्षति पुग्ने उल्लेख गरेका हुन्। माओवादी केन्द्रको प्रभाशाली क्षेत्र मानिएको कर्णालीमा एक्लाएक्लै लड्दा यसपल्ट एमालेले कम्तीमा दुई सिट बढाउने उनको दाबी छ।
एमालेले हुम्लामा ३, डोल्पामा ४, मुगुमा २, जुम्लामा १, कालीकोटमा ३, दैलेखमा ५, सुर्खेतमा ६ पालिका जित्ने शाहद्वारा प्रस्तुत आंकडामा उल्लेख छ। रुकुम र सल्यानको भने यकिन रिपोर्ट आउन बाँकी रहेको बताइएको छ। त्यहाँको अनुमानित गर्दा २९ पुर्याइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।