काठमाडौं- हाल नेपालमा आईसीयूमा २३ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ। हाल होम आइसोलेशनमा दुई हजार ६३७, संस्थागत आइसोलेशनमा ५१ रहेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २०० भन्दा बढी संक्रमित भएका जिल्लामा ललितपुर र काठमाडौँ छन्। शून्य कोरोना संक्रमित भएका चार जिल्लामा मनाङ, रुकुम पूर्व, बाजुरा र जुम्ला छन्। नेपालमा सङ्क्रमण दर १७.७ प्रतिशत रहेको छ। पछिल्लो २४ घण्टामा ७३ हजार ६४२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।
मंगलबार थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो समय ६ हजार ५९४ जनाको कोरोना परीक्षण गरिएको थियो।
मन्त्रालयलका अनुसार हाल सक्रिय संक्रमितको सङ्ख्या दुई हजार ६८८ रहेको छ। पछिल्लो समय ४८१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६३ हजार ५९२ पुगेको छ । निको हुने दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।