बनियानी, झापा- झापाको अर्जुनधारा–९ स्थित मगरचोकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति–२ का २४ वर्षीय राजु खनाल रहेको जिल्ला ट्राफिक कार्यालय झापाका सूचना अधिकारी याम खड्काले जानकारी दिए।
उनका अनुसार जयपुरबाट बिर्तामोड आउँदै गरेको वाल्मीकि एजुकेशन फाउन्डेसन बिर्तामोडको मे१ख २०१९ नम्बरको स्कुलबसले शनिश्चरेतर्फ जाँदै गरेको मे६प ३५३३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक खनालको घटनास्थलमा नै मृत्यु भएको हो।
दुर्घटनापछि बसका चालक विजय माझीलाई इलाका प्रहरी कार्यालय शनिश्चरेले पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।