काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ५९४ जनाको परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ।
४ सय ८१ जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या २६८८ रहेको मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमण निको हुने दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।