इलाम- नेपालबाट कर छली गरेर अवैधरुपमा भारत निकासी गर्न लागिएको अवस्थामा १२ कार्टुन चुरोट बुधबार बरामद गरिएको छ।
इलाम सूर्योदय नगरपालिका–२ स्थित टाँसी गाउँबाट इलाका प्रहरी कार्यालय पशुपतिनगरले चुरोट बरामद गरेको हो। नियन्त्रण गरिएको चुरोट आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, पशुपतिनगर इलाममा बुझाइएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ।
सूर्योदय नगरपालिका–३ बौद्धधामस्थित कच्ची सडकखण्डबाट चार वटा पिकअप गाडीमा लोड गरिएका २६ वटा गोरुसमेत केही दिनअघि प्रहरीले नियन्त्रणमा लिएको थियो।
अवैधरुपमा भारततर्फ निकासी गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी गस्ती टोलीले गोरु फेला पारेपछि नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका गोरुसमेत आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, पशुपतिनगरमा बुझाइएको छ। इलामको पशुपतिनगर भारतसँग सीमा जोडिएको क्षेत्र हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।