काठमाडौं– नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साह प्रहरीबाट राजीनामा दिएर राजनीतिमा होमिएका छन्।
एसएसपीबाट राजीनामा दिएका साह आउँदो वैशाख ३० गतेका लागि तय स्थानीय चुनामा धनुषाको विदेह नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने तयारीमा जुटेका छन्।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसएसपी साहले दिएको राजीनमा गत फागुन १० गते स्वीकृत समेत भइसकेको छ। शाहले पनि नेपाल लाइभसँग कुरा गर्दै राजीनामा दिएर चुनावी मैदानमा उत्रने तयारी गरेको बताए।
यतिबेला उनी आफ्नो निर्वाचन क्षेत्रमै रहेर चुनावी तयारीमा जुटिरहेका छन्। शाहले आफूले नेपाली कांग्रेसको तर्फबाट मेयरमा उम्मेदवारी दिने तयारी भएको बताए। सोही अनुसार प्रक्रिया समेत अघि बढाइएको उनले बताए।
२०४९ चैतमा प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरेका शाह २९ वर्ष सेवा गर्दै एसएसपीबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।