काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ४५ जनामा कोरोना संक्रमण देखिएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ७५२ जनाको नमूना परीक्षण गर्दा ४५ जनामा संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।
मन्त्रालयका अनुसार १४७ जना कोरोना संक्रमण मुक्त हुँदा सक्रिय संक्रमितको संख्या ३१३५ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।