अशोक राई, फाइल तस्बिर
काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय निर्वाचन मूल समिति गठन गरेको छ। शनिबार बसेको पार्टी मुख्यालयको बैठकले वरिष्ठ नेता अशोक कुमार राईको संयोजकत्वमा स्थानीय तह निर्वाचन मूल समिति गठन गर्ने निर्णय गरेको हो।
पार्टी अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह निर्वाचन मूल समिति गठन गरिएको बारे सबै केन्द्रीय कार्यकारिणी सदस्य, केन्द्रीय समिति, संघीय परिषद्, प्रदेश, जिल्ला समितिमा परिपत्र गरेका छन्।
स्थानीय तह निर्वाचन मूल समितिमा १९ जना केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेश सरकारका १–१ जना मन्त्री गरी २२ जना सदस्य छन्।
शनिबारकै बैठकले प्रचार प्रसार समिति समेत गठन गरेको छ। केन्द्रीय कार्यकारिणी सदस्य एवम् कार्यालय प्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा गठन गर्ने निर्णय गरिएको हो। प्रचार प्रसार समितिमा ११ जना सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।