काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३७ जनामा मात्रै कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ४ हजार ६१ नमूनाको परीक्षण हुँदा आइतबार ३७ जनामा संक्रमण पुष्टि हो।
गत २४ घण्टामा २ हजार ७९८ जनाको पीसीआर र १ हजार २६३ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ।
पीसीआर परीक्षणबाट २८ जनामा र एन्टिजेन परीक्षणबाट ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टाको कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ। कोरोना संक्रमणबाट हालसम्म देशभर ११ हजार ९५० जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि ३८२ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। देशभर हाल ३ हजार २४१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।