• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

क्वार्टरफाइनल पुगेका ८ टिमको यस्तो छ विश्वकप इतिहास

64x64
नेपाल लाइभ बुधबार, असार २०, २०७५  १३:३५
1140x725

काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल क्वार्टरफाइनलमा दुई महादेशका मात्र टिम पुगेका छन्। युरोपका ६ टिम अन्तिम ८ मा पुग्दा दक्षिण अमेरिकाका उरुग्वे र ब्राजिल २ टिमले क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन्। 

क्वार्टरफाइनलमा पुगेका ४ टिमले विश्वकप जितेका छैनन् भने ४ टिम पूर्व च्याम्पियन हुन्। क्वार्टरफाइनलमा पुगेका आयोजक रसियासहित क्रोएसिया, स्विडेन र बेल्जियमले अहिलसम्म उपाधि जित्न सकेका छैनन्। ब्राजिल, फ्रान्स, उरुग्वे र इंग्ल्यान्ड भने पूर्व च्याम्पियन हुन्। 

क्वार्टरफाइनलका खेल आगामी शुक्रबार र शनिबार हुनेछन्। 

क्वार्टरफाइनल खेल तालिका 
असार २२ गते शुक्रबार 
उरुग्वे भर्सेस फ्रान्स– राति  ७:४५ बजे 
ब्राजिल भर्सेस बेल्जियम– राति  ११:४५ बजे 

असार २३ गते शनिबार 
स्विडेन भर्सेस इंग्ल्यान्ड– राति  ७:४५ बजे 
रसिया भर्सेस क्रोएसिया– राति  ११:४५ बजे 

क्वार्टरफाइनल पुगेका टिमको इतिहास 
ब्राजिल

ब्राजिल दक्षिण अमेरिकाबाट रुस विश्वकपका लागि छानिने पहिलो देश हो। छनोटमा उत्कृष्ट प्रदर्शन गरेको ब्राजिल लगातार २१ पटक विश्वकप खेलिरहेको छ। यो सौभाग्य ब्राजिललाई मात्र प्राप्त छ। दक्षिण अमेरिकी छनोटमा ब्राजिलले शीर्ष स्थान हात पारेको थियो। सन् १९३० देखि ब्राजिलले लगातार विश्व कप खेल्दै आइरहेको छ। विश्व कपको सबैभन्दा सफल टिम ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ गरी पाँच पटक उपाधि जितेको छ। जारी विश्वकपमा समूह विजेता बनेको ब्राजिलले अन्तिम १६ मा मेक्सिकोलाई हरायो।

Ncell 2
Ncell 2
nimb
nimb

उरुग्वे

उरुग्वे विश्वकप फुटबलको जन्मदाता हो। उरुग्वेले सन् १९३० मा विश्वकप फुटबल आयोजना गरेको थियो। दक्षिण अमेरिकी छनोटमा दोस्रो बनेर १३औं पटक विश्वकपमा सहभागी भइरहेको उरुग्वे सन् २००२ यतादेखि अनवरत समावेश हुँदै आइरहेको छ। सन् १९३० पछि उरुग्वेले १९५०, १९५४, १९६२, १९६६, १९७०, १९७४, १९८६ र १९९० मा विश्वकप खेल्यो। यस्तै, उसले २००२, २००६, २०१० र २०१४ मा पनि प्रतिस्पर्धा गरेको थियो। उरुग्वे १९३० र १९५० को च्याम्पियन पनि हो। जारी विश्वकपका उरुग्वे समूह विजेता बनेर अन्तिम १६  पुगेको हो। उसले अन्तिम १६ को खेलमा पोर्चुगलालाई पाखा लगाएको हो। 

बेल्जियम 

बेल्जियम युरोप छनोटको समूह ‘एच’को  विजेता बनेर १३औं पटक विश्व कपमा सहभागी भएको हो। यसपालिको विश्व कपमा युरोपबाट छनोट हुने बेल्जियम पहिलो देश हो। बेल्जियम सन् १९३० मा भएको विश्व कपको पहिलो संस्करणमा पनि सहभागी थियो। यसपछि बेल्जियमले १९३४, १९३८, १९५४, १९७०, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२ र २०१४ को विश्वकप खेल्यो। बेल्जियमको विश्व कपमा अहिलेसम्मको उत्कृष्ट प्रदर्शन भनेको १९८६ मा चौथो हुनु हो। इंग्ल्यान्ड रहेको समूहमा विजेता बन्दै नकआउट चरणमा पुगेको बेल्जियमले अन्तिम १६ मा जापानमाथि रोमाञ्चक जित हात पारेको थियो। 

रुस

रुसको यो एघारौं विश्व कप सहभागिता हो। सन् १९५८, १९६२, १९६६, १९८६, १९९०, १९९४, २००२ र २०१४ मा विश्व कपमा समावेश भएको रुस १९६६ मा चौथो भएको थियो, यो नै उसको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो। १९९० सम्म रुस सोभियत संघको नामबाट विश्व कप खेल्ने गर्यो । यसपटक अन्तिम ८ मा पुग्न रुसले नकआउट चरणमा स्पेनलाई सिकार बनायो। 

इंग्ल्यान्ड

इंग्ल्यान्ड १५औं पटक विश्वकप खेलिरहेको छ। फुटबलको जननी मानिने यो देश युरोप छनोट अन्तर्गत समूह ‘एफ’ को शीर्ष स्थानमा रहँदै छनोट भएको हो। इंग्ल्यान्डले १९८२ देखि लगातार विश्व कप खेलिरहेको छ। १९५० मा पहिलो पटक विश्व कप खेलेको इंग्ल्यान्डले १९५४, १९५८, १९६२, १९६६ र १९७० मा प्रतिस्पर्धा गरेको थियो। यसपछि उसले १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२, २००६, २०१० र २०१४ मा पनि विश्व कप खेलिसकेको छ। इंग्ल्यान्ड १९६६ को विश्व विजेता पनि हो। यसपटक पनि उपाधि जित्ने लक्ष्य राखेको इंग्ल्यान्डले अन्तिम १६ मा कोलम्बियालाई पराजित गर्‍यो। 

फ्रान्स 

सन् १९९८ को विश्व विजेता फ्रान्स १५औं पटक विश्वकप खेलिरहेको छ। युरोप छनोटको समूह ‘ए’ को विजता हुँदै फ्रान्स विश्व कपमा छानिएको हो। फ्रान्सले १९३०, १९३४, १९३८, १९५४, १९५८, १९६६, १९७८, १९८२ र १९८६ को विश्व कप खेलिसकेको छ। सन् १९९८ को विश्वकप आयोजक फ्रान्सले २००२, २००६, २०१० र २०१४ मा पनि सहभागिता जनायो। सन् १९९८ पछि दोस्रो पटक उपाधि जित्ने लक्ष्य राखेको फ्रान्सले अन्तिम १६ मा अर्जेन्टिनामाथि सानदार जित हात पार्योश। 

क्रोएसिया 

क्रोएसियाले युरोपको ‘प्लेअफ’मा ग्रिसलाई समग्रमा ४–१ गोलले पछि पारेर पाँचौ पटक विश्व कपमा स्थान बनायो। क्रोएसियाले १९९८ मा तेस्रो स्थान हात पार्नु अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो। फ्रान्सले विश्वकप जितेको यो प्रतियोगितामा क्रोएसियाले तेस्रो स्थानका लागि भएको खेलमा नेदरल्यान्ड्सलाई २–१ ले पराजित गर्यो। युगोस्लाभियाबाट छुटिएपछि सन् १९९८ मा पहिलो विश्वकप खेलेको क्रोएसियाले त्यसपछि लगातार विश्वकप खेल्दै आइरहेको छ। समूह चरणमा अर्जेन्टिनालाई हराएर सनसनी मच्चाएको क्रोएसियाले अन्तिम १६ मा डेनमार्कलाई पराजित गरेको थियो। 

स्विडेन 

युरोप छनोटको पहिलो चरणबाट विश्व कपमा स्थान बनाउन नसकेपछि स्विडेनले ‘प्लेअफ’ को सहारा लियो। ‘प्लेअफ’ मा स्विडेनले चार पटकको विश्व विजेता इटालीलाई १–० ले हराएर १२ वर्षपछि विश्व कपमा स्थान बनायो। स्विडेनको यो १२औं विश्वकप सहभागिता पटक हो। यसअघि उसले १९३४, १९३८, १९५०, १९५८, १९७०, १९७४, १९७८, १९९०, १९९४, २००२ र २००६ मा सहभागिता जनायो। विश्व कपमा स्विडेनको राम्रो प्रदर्शन १९५८ मा दोस्रो हुनु हो। स्विडेन फाइनलमा ब्राजिलसँग ५–२ ले पराजित भएको थियो। यसपटक समूह विजेता बनेर अन्तिम १६ मा पुगेको स्विडेनले स्विट्जरल्यान्डलाई हराएर अन्तिम ८ मा स्थान पक्का गर्‍यो।  

प्रकाशित मिति: बुधबार, असार २०, २०७५  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता
सम्बन्धित सामग्री
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द चिया, चाउमिन, मम लगायतको मूल्य नै तोकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनाले मंगलबार प्रतिनिधिसभाकै बैठकमा क्यान्टिन स... मंगलबार, असोज ६, २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त नियुक्त हुनेमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी छन् । मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित केन्द्रीय समितिले अध्ययन गरी पुनर्स्थापनाका लागि सम्भावित... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता मंगलबार, असोज ६, २०८३
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्