• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

क्वार्टरफाइनल पुगेका ८ टिमको यस्तो छ विश्वकप इतिहास

64x64
नेपाल लाइभ बुधबार, असार २०, २०७५  १३:३५
1140x725

काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल क्वार्टरफाइनलमा दुई महादेशका मात्र टिम पुगेका छन्। युरोपका ६ टिम अन्तिम ८ मा पुग्दा दक्षिण अमेरिकाका उरुग्वे र ब्राजिल २ टिमले क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन्। 

क्वार्टरफाइनलमा पुगेका ४ टिमले विश्वकप जितेका छैनन् भने ४ टिम पूर्व च्याम्पियन हुन्। क्वार्टरफाइनलमा पुगेका आयोजक रसियासहित क्रोएसिया, स्विडेन र बेल्जियमले अहिलसम्म उपाधि जित्न सकेका छैनन्। ब्राजिल, फ्रान्स, उरुग्वे र इंग्ल्यान्ड भने पूर्व च्याम्पियन हुन्। 

क्वार्टरफाइनलका खेल आगामी शुक्रबार र शनिबार हुनेछन्। 

क्वार्टरफाइनल खेल तालिका 
असार २२ गते शुक्रबार 
उरुग्वे भर्सेस फ्रान्स– राति  ७:४५ बजे 
ब्राजिल भर्सेस बेल्जियम– राति  ११:४५ बजे 

असार २३ गते शनिबार 
स्विडेन भर्सेस इंग्ल्यान्ड– राति  ७:४५ बजे 
रसिया भर्सेस क्रोएसिया– राति  ११:४५ बजे 

क्वार्टरफाइनल पुगेका टिमको इतिहास 
ब्राजिल

ब्राजिल दक्षिण अमेरिकाबाट रुस विश्वकपका लागि छानिने पहिलो देश हो। छनोटमा उत्कृष्ट प्रदर्शन गरेको ब्राजिल लगातार २१ पटक विश्वकप खेलिरहेको छ। यो सौभाग्य ब्राजिललाई मात्र प्राप्त छ। दक्षिण अमेरिकी छनोटमा ब्राजिलले शीर्ष स्थान हात पारेको थियो। सन् १९३० देखि ब्राजिलले लगातार विश्व कप खेल्दै आइरहेको छ। विश्व कपको सबैभन्दा सफल टिम ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ गरी पाँच पटक उपाधि जितेको छ। जारी विश्वकपमा समूह विजेता बनेको ब्राजिलले अन्तिम १६ मा मेक्सिकोलाई हरायो।

Ncell 2
Ncell 2

उरुग्वे

उरुग्वे विश्वकप फुटबलको जन्मदाता हो। उरुग्वेले सन् १९३० मा विश्वकप फुटबल आयोजना गरेको थियो। दक्षिण अमेरिकी छनोटमा दोस्रो बनेर १३औं पटक विश्वकपमा सहभागी भइरहेको उरुग्वे सन् २००२ यतादेखि अनवरत समावेश हुँदै आइरहेको छ। सन् १९३० पछि उरुग्वेले १९५०, १९५४, १९६२, १९६६, १९७०, १९७४, १९८६ र १९९० मा विश्वकप खेल्यो। यस्तै, उसले २००२, २००६, २०१० र २०१४ मा पनि प्रतिस्पर्धा गरेको थियो। उरुग्वे १९३० र १९५० को च्याम्पियन पनि हो। जारी विश्वकपका उरुग्वे समूह विजेता बनेर अन्तिम १६  पुगेको हो। उसले अन्तिम १६ को खेलमा पोर्चुगलालाई पाखा लगाएको हो। 

बेल्जियम 

बेल्जियम युरोप छनोटको समूह ‘एच’को  विजेता बनेर १३औं पटक विश्व कपमा सहभागी भएको हो। यसपालिको विश्व कपमा युरोपबाट छनोट हुने बेल्जियम पहिलो देश हो। बेल्जियम सन् १९३० मा भएको विश्व कपको पहिलो संस्करणमा पनि सहभागी थियो। यसपछि बेल्जियमले १९३४, १९३८, १९५४, १९७०, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२ र २०१४ को विश्वकप खेल्यो। बेल्जियमको विश्व कपमा अहिलेसम्मको उत्कृष्ट प्रदर्शन भनेको १९८६ मा चौथो हुनु हो। इंग्ल्यान्ड रहेको समूहमा विजेता बन्दै नकआउट चरणमा पुगेको बेल्जियमले अन्तिम १६ मा जापानमाथि रोमाञ्चक जित हात पारेको थियो। 

रुस

रुसको यो एघारौं विश्व कप सहभागिता हो। सन् १९५८, १९६२, १९६६, १९८६, १९९०, १९९४, २००२ र २०१४ मा विश्व कपमा समावेश भएको रुस १९६६ मा चौथो भएको थियो, यो नै उसको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो। १९९० सम्म रुस सोभियत संघको नामबाट विश्व कप खेल्ने गर्यो । यसपटक अन्तिम ८ मा पुग्न रुसले नकआउट चरणमा स्पेनलाई सिकार बनायो। 

इंग्ल्यान्ड

इंग्ल्यान्ड १५औं पटक विश्वकप खेलिरहेको छ। फुटबलको जननी मानिने यो देश युरोप छनोट अन्तर्गत समूह ‘एफ’ को शीर्ष स्थानमा रहँदै छनोट भएको हो। इंग्ल्यान्डले १९८२ देखि लगातार विश्व कप खेलिरहेको छ। १९५० मा पहिलो पटक विश्व कप खेलेको इंग्ल्यान्डले १९५४, १९५८, १९६२, १९६६ र १९७० मा प्रतिस्पर्धा गरेको थियो। यसपछि उसले १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२, २००६, २०१० र २०१४ मा पनि विश्व कप खेलिसकेको छ। इंग्ल्यान्ड १९६६ को विश्व विजेता पनि हो। यसपटक पनि उपाधि जित्ने लक्ष्य राखेको इंग्ल्यान्डले अन्तिम १६ मा कोलम्बियालाई पराजित गर्‍यो। 

फ्रान्स 

सन् १९९८ को विश्व विजेता फ्रान्स १५औं पटक विश्वकप खेलिरहेको छ। युरोप छनोटको समूह ‘ए’ को विजता हुँदै फ्रान्स विश्व कपमा छानिएको हो। फ्रान्सले १९३०, १९३४, १९३८, १९५४, १९५८, १९६६, १९७८, १९८२ र १९८६ को विश्व कप खेलिसकेको छ। सन् १९९८ को विश्वकप आयोजक फ्रान्सले २००२, २००६, २०१० र २०१४ मा पनि सहभागिता जनायो। सन् १९९८ पछि दोस्रो पटक उपाधि जित्ने लक्ष्य राखेको फ्रान्सले अन्तिम १६ मा अर्जेन्टिनामाथि सानदार जित हात पार्योश। 

क्रोएसिया 

क्रोएसियाले युरोपको ‘प्लेअफ’मा ग्रिसलाई समग्रमा ४–१ गोलले पछि पारेर पाँचौ पटक विश्व कपमा स्थान बनायो। क्रोएसियाले १९९८ मा तेस्रो स्थान हात पार्नु अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो। फ्रान्सले विश्वकप जितेको यो प्रतियोगितामा क्रोएसियाले तेस्रो स्थानका लागि भएको खेलमा नेदरल्यान्ड्सलाई २–१ ले पराजित गर्यो। युगोस्लाभियाबाट छुटिएपछि सन् १९९८ मा पहिलो विश्वकप खेलेको क्रोएसियाले त्यसपछि लगातार विश्वकप खेल्दै आइरहेको छ। समूह चरणमा अर्जेन्टिनालाई हराएर सनसनी मच्चाएको क्रोएसियाले अन्तिम १६ मा डेनमार्कलाई पराजित गरेको थियो। 

स्विडेन 

युरोप छनोटको पहिलो चरणबाट विश्व कपमा स्थान बनाउन नसकेपछि स्विडेनले ‘प्लेअफ’ को सहारा लियो। ‘प्लेअफ’ मा स्विडेनले चार पटकको विश्व विजेता इटालीलाई १–० ले हराएर १२ वर्षपछि विश्व कपमा स्थान बनायो। स्विडेनको यो १२औं विश्वकप सहभागिता पटक हो। यसअघि उसले १९३४, १९३८, १९५०, १९५८, १९७०, १९७४, १९७८, १९९०, १९९४, २००२ र २००६ मा सहभागिता जनायो। विश्व कपमा स्विडेनको राम्रो प्रदर्शन १९५८ मा दोस्रो हुनु हो। स्विडेन फाइनलमा ब्राजिलसँग ५–२ ले पराजित भएको थियो। यसपटक समूह विजेता बनेर अन्तिम १६ मा पुगेको स्विडेनले स्विट्जरल्यान्डलाई हराएर अन्तिम ८ मा स्थान पक्का गर्‍यो।  

प्रकाशित मिति: बुधबार, असार २०, २०७५  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ
पूर्वराज्यमन्त्री चौधरीको निधन
सम्बन्धित सामग्री
पूर्वराज्यमन्त्री चौधरीको निधन राष्ट्रिय मुक्ति पार्टीको थारु राष्ट्रिय परिषद् अध्यक्षसमेत रहेका चौधरी २०७४ मा सप्तरीबाट चुनाव जितेर ऊर्जा राज्यमन्त्री भएका थिए । शनिबार, पुस २६, २०८२
जग्गा कब्जा आरोप: धनुषा झडपमा १६ सेल अश्रुग्यास प्रहार, ८ जना घाइते झडपमा घाइते हुनेहरू स्थानीय रहेको प्रहरीको भनाइ छ । स्थिति नियन्त्रणमा लिन १६ सेल अश्रुग्यास प्रहार गरिएको छ । नेपाल प्रहरीले ७ र सश... शनिबार, पुस २६, २०८२
पूर्वमन्त्री तथा कांग्रेस नेता दाहालको सम्मानमा कांग्रेसले तीन दिन झन्डा झुकाउने कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मि... शनिबार, पुस २६, २०८२
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्