काठमाडौं– प्रहरीले यातायात ब्यबस्था कार्यालय, मोटरसाईकल शाखा गुर्जुधाराबाट ८ जना बिचौलियालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग बलम्बुले चलाएको ‘फिल्टर अप्रेसन’ अन्र्तगत मंगलबार ८ जना पक्राउ परेका हुन्।
कर्मचारीसँग सेटिङ मिलाएर छिटो काम गरिदिने भन्दै पैसा असुल्नेहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा कृष्ण प्रसाद थपलिया, किरण देउजा, कृष्ण श्रेष्ठ, प्रकाश तन्डुकार, अपार रिजाल, कन्चन राई, बालकृष्ण खत्री र पवन तामाङ छन्।
यसअघि पनि सो कार्यालयबाट प्रहरीले पटक पटक बिचौलियालाई पक्राउ गरेको थियो। तर, कर्मचारीहरु नै बिचौलियामार्फत घुस खाने भएकाले पक्राउ परेकाहरु फेरि सोही धन्दामा फर्कने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।