काठमाडौं– ठमेल र दरबारमार्ग क्षेत्रमा गुन्डागर्दी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
होटल, डिस्को तथा रेस्टुरेन्टमा धम्काएको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गले रामेछाप तिनथुङग घर भएका विमल लुंगेली मगरलाई पक्राउ गरेको हो।
सोमबार बेलुका उनलाई दरबारमार्गको किंग्स लाउन्जबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए।
मगरविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।