काठमाडौं– स्थानीय तहका आउँदो निर्वाचनमा उम्मेदवार बन्न चाहने वहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको छ। स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गतेका लागि राजपत्रमा प्रकाशित आचारसंहितामा यस्तो व्यवस्था गरिएको हो।
निर्वाचन आचारसंहिताको दफा ३६ मा भनिएको छ, ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेक निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नु अगावै वहाल रहेको पदबाट राजीनामा दिनुपर्नेछ।’
हालका जनप्रतिनिधि समेत अर्को कार्यकालका लागि उम्मेदवार बन्ने चर्चा चलिरहँदा यस्तो व्यवस्था गरिएको हो। निर्वाचनमा सरकारी स्रोतसाधनको दुरुपयोग हुन रोक्न यस्तो व्यवस्था गरिएको हो। यसबारे आयोगले पत्रकार सम्मेलनमार्फत् पनि जानकारी गराएको छ।
‘स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिएमा खाली हुने भन्ने हुँदैन। त्यहाँ कार्यपालिकामा भएका अन्य प्रतिनिधिहरू हुनुहुन्छ। अध्यक्ष नभए कार्यकार्यकारी को हुने, उपाध्यक्ष नहुँदा कसले जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको छ’ बिहीकार आयोजति निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका सहसचिव शालिकराम शर्मा पौडेलले भने।

यस्तो छ आचारसंहिता :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।