काठमाडौं- संसदीय समितिहरुको सदस्य छान्न नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ।
प्रतिनिधिसभा, राष्ट्रियसभा र साझा समितिहरुमा सदस्यको नाम पठाउन संसदीय दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वमा बैठक बसेको हो। संघीय संसदको १६ वटा समितिमा लेखा समितिसहित अन्य केहीमा नेपाली कांग्रेसले दाबी गर्दै आएको छ।
संसदीय समिति गठन नहुँदा संसदीय सुनुवाइ रोकिएको भन्दै सत्तापक्षले नाम पठाउन आग्रह गरेपछि कांग्रेस तयारीमा जुटेको हो। तर कांग्रेसले समितको नेतृत्व टुंगो अहिल्यै लगाउनुपर्ने दाबी गर्दै आएको छ। सत्तापक्ष भने समिति गठन भएपछि नेतृत्व टुंगो लगाउने पक्षमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।