काठमाडौं– कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै इंग्ल्यान्डले फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।
पेनाल्टी सुटआउटमा इंग्ल्यान्डका लागि इरिक डिएर, केइरन ट्रिपियर, मार्कोस रास्फोड र ह्यारी कानेले गोल गरे। तर जोर्डन हेन्डर्सनको प्रहारलाई कोलम्बियाका गोलकिपरले रोके।
कोलम्बियाका लागि लुइस मुरियल, जुवान काउडार्डो र राडामेल फाल्काओले पेनाल्टीमा गोल गरे। तर कोर्लोस बाका र मार्टिउस उरुबेको प्रहारलाई इंल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोके।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।