काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा स्विट्जरल्यान्डलाई १-० गोलले पराजित स्विडेन २४ वर्षपछि क्वार्टरफाइनलमा पुग्न सफल भएको छ। सन् १९९४ मा सेमिफाइनलमा पुगेको स्विडेन त्यसयता क्वार्टफाइनलमा पुग्न सकेको थिएन।
खेलको ६६ मिनेटमा मिल फोर्सवर्गले हानेको प्रहार डिफ्लेक्ट भएर गोलपोस्ट भित्र छिरेको थियो। फोर्सवर्गको प्रहार स्विजरल्यान्डका डिफेन्डर म्यायुनयल एकान्जीको खुट्टामा लागेर जाली चुमेको थियो। यहि गोलले स्विडेन अन्तिम ८ मा पुग्यो।
भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।