दाङ- दाङको गढवा गाउँपालिका-४ रामनगरमा गएराति ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ५६ वर्षीय रामलाल चौधरी रहेका छन्। उनको लमही अस्पतालमा उपचारको क्रममा राति साढे १ बजे मृत्यु भएको हो। गएराति ९ बजे रा १ त ३७० नम्बरको ट्याक्टरले साइकललाई ठक्कर दिएको हो।
ट्याक्टर नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।