धनगढी– कैलालीको गौरीगंगा नगरपालिका–११ शिवपुरमा मंगलबार साँझ खोलामा डुबेर २ जना बालकको मृत्यु भएको छ।
स्थानीय कटैनी खोलामा साथीहरुको साथमा नुहाउन गएका शिवपुरका हर्क भुलका ८ वर्षका छोरा सचिन भुल र बाधुराम चौधरीका १२ वर्षका छोरा अमन चौधरीको डुबेर मृत्यु भएको हो।
खोलामा बाढी आएको र पानीको सतह बढेको कारण पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मुत्यु भएको हो। मृतक बालकको शव पोस्टमार्टमको लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।