रसुवा- रसुवाको आमाछोदिङमो गाउँपालिका-५ सिम्बुमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्।
मंगलबार बेलुका भएको दुर्घटनामा मोरङ घर भएका ४५ वर्षीय शिवगंज राजवंशी र दाङ घर भएका २४ वर्षीय विकास घर्तीको घटनास्थलमै मृत्यु भएको हो। घाइते २ जनाको जिल्ला अस्पताल धुन्चेमा उपचार भइरहेको छ। सिउ तुण्डी कन्ट्रक्सनबाट हाइड्रो पावरको केमिकल लिएर बज्र कन्सट्रक्सन जाने क्रममा हिजो बेलुकी ८ बजे बा १७ त ५३ ४५ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी एक सय मिटर तल भीरमा खसेको प्रहरी चौकी थाम्बु चेतले जनाएको छ। फरार जिप चालकको खोजी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।