काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। बुधबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डले कोलम्बियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेसँगै क्वार्टरफाइनलमा पुग्ने ८ वटै टिमको टुंगो लागेको हो।
क्वार्टरफाइनलमा दुई महादेशका मात्र टिम पुगेका छन्। युरोपका ६ टिम अन्तिम ८ मा पुग्दा दक्षिण अमेरिकाका उरुग्वे र ब्राजिल २ टिमले क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन्।
क्वार्टरफाइनलमा पुगेका ४ टिमले विश्वकप जितेका छैनन् भने ४ टिम पूर्व च्याम्पियन हुन्।
क्वार्टरफाइनलमा पुगेका आयोजक रसियासहित क्रोएसिया, स्विडेन र बेल्जियमले अहिलसम्म उपाधि जित्न सकेका छैनन्। ब्राजिल, फ्रान्स, उरुग्वे र इंग्ल्यान्ड भने पूर्व च्याम्पियन हुन्।
क्वार्टरफाइनल खेल तालिका
असार २२ गते शुक्रबार
उरुग्वे भर्सेस फ्रान्स– राति ७:४५ बजे
ब्राजिल भर्सेस बेल्जियम– राति ११:४५ बजे
असार २३ गते शनिबार
स्विडेन भर्सेस इंग्ल्यान्ड– राति ७:४५ बजे
रसिया भर्सेस क्रोएसिया– राति ११:४५ बजे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।