राजविराज- पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप ९ मा गएराति ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सोही घटनामा एक जना गम्भीर घाइते भएका छन्।
पश्चिम जाँदै गरेको को९प ७८१५ नम्बरको मोटरसाइकल सोही दिशामा जाँदै गरेको ना३ख ३१२५ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो। घटनामा मोटरसाइकलमा सवार करिब २०/२२ वर्षका स्थानीय किशुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीसँगै रहेका अरविन्द यादवलाई भने थप उपचारका लागि विराटनगर पठाइएको सप्तरीका एसपी मुकेशकुमार सिंहले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।