काठमाडौँ- कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले दूधमा युरिया नभेट्टिएको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रमममा उनले केही साताअघि केही सञ्चारमाध्यमले दूधको परीक्षण प्रतिवेदन नआउँदै दूधमा युरिया भेट्टाएको समाचार सम्प्रेषण गरेर उपभोक्तालाई भ्रम सिर्जना गरेको बताए।
मन्त्री खनालले अनुगमन गरिएका शतप्रतिशत अर्थात् ४२ दूध सङ्कलन केन्द्र (डेरी) मा खाने सोडा र ३९ मा कोलिफर्म नामक किटाणु मात्र भेट्टिएको जानकारी दिए।
व्यापारीले दूधमा खानेसोडा दूध नफाटोस् भनी प्रयोग गर्छन् भने कोलिफर्म दूधमा पाइने एक प्रकारको जीवाणु हो। सो जीवाणु मिसिएको दूध राम्रोसँग तताएर नखाए मानिसलाई पखाला लाग्छ। कोलिफर्म नामको जीवाणु मानिसको दिसामा पाइन्छ।
मन्त्री खनालले तीन वटा दूध संकलन केन्द्रमा मिति नाघेका र मिति नभएका धुलो दूध बिक्री–वितरण भएको समेत जानकारी दिए।
उनले तीन महिनापछि निरीक्षण गरिएका उक्त दूध संकलन केन्द्रमा पुनः सोडा र कोलिफर्म भेट्टिए मुद्दा चलाउनाका साथै दर्ता खारेज र बिक्री वितरणसमेत गर्न नदिने प्रतिबद्धता व्यक्त गरे।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।