वासिङटन– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको संवाद सकारात्मक तरिकाले अगाडि बढीरहेको बताएका छन्।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको संवाद थप नतिजा दिनेतर्फ उन्मुख भइरहेको ट्रम्पले मंगलबार जानकारी गराए।
सिंगापुरमा गत महिना भएको ऐतिहासिक शिखर वार्तापछि अमेरिका र उत्तर कोरियाका बीचमा विभिन्न चरणमा संवादको क्रम चलिरहेको छ।
‘उत्तर कोरियासँगका धेरै छलफलहरू सकारात्मक तरिकाले अगाडि बढीरहेका छन्,’ राष्ट्रपति ट्रम्पले ट्विटरमा लेखेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।