जाकार्ता– इन्डोनेसियासँग जोडिएको सामुन्द्रिक क्षेत्रमा मंगलबार भएको फेरि दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दुई जना बालबालिकासमेत रहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। दुर्घटनामा परेका अन्य १ सय २५ जनालाई भने उद्धार गरिएको छ।
इन्डोनेसियामा दुई हप्ता अगाडि १ सय ६० जना बेपत्ता हुनेगरी यस्तै अर्को दुर्घटना भएको थियो। यस्ता दुर्घटना इन्डोनेसियामा बेला–बेलामा भइरहने र वर्षेनी सयौँको ज्यान जाने गरेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।