काठमाडौं– टीभीएस रेडर १२५ ले भारतको प्रतिष्ठित अवार्ड 'इण्डियन मोटरसाइकल अफ दि इयर' (आईएमओटीवाई) उपाधि जितेको छ। मनोनयनमा परेका अन्य ५ मोटरसाइकललाई पछि पार्दै टीभीएस रेडर उपाधि हात सफल भएको हो।
टीभीएस रेडर आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, माइलेज, उत्कृष्ट कार्य सम्पादन क्षमताका लागि परिचित छ।
इण्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधिको छनोट तथा घोषणाका लागि फिनालेमा १४ सदस्यीय निर्णायक मण्डलको गठन गरिएको थियो।
टीभीएस रेडर नेपालमा पनि उत्तिकै लोकप्रिय रहेको कम्पनकी दाबी छ। टीभीएसका लागि नेपालको बितरक जगदम्बा मोटर्सले सन् २०२१को नोवेम्बरमा सार्वजनिक गरेको यो मोटरसाइकल बाइक युवाहरु लोकप्रिय छ।
टीभीएस रेडर १२५मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेवल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिंग, अन्डर सिट स्टोरेज लगायत विशेषताहरु छन्।
रेडरमा १ सय २४ दशमलव ८ सीसी क्षमताको सिंगल सिलिन्डर एयर आयल कुल्ड एसआई कार्बुरेटर इञ्जिन छ। जसले ७५०० आरपीएममा १२.९ पीएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपीएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्ने क्षमता बोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।