काठमाडौं– ११ वर्षीय गायक अधिश्री कसपालको स्वरमा रहेको 'अरूलाई निचो' बोलको गीत सार्वजनिक भएको छ।
सुवासचन्द्र ढुंगेलको शब्द र हरि लम्सालको संगीत रहेकाे गीतमा मानवीय मूल्यको विषय उठान गरिएको छ।
म्युजिक भिडियोमा राजु लामा, निराजन थापा र जेनिशा कार्कीको अभिनयका साथै दृष्टिविहीन सृष्टि केसीको पनि विशेष भूमिका छ। भिडियोको निर्देशन पासाङ योञ्जन लामाले गरेका हुन्।
यसअघि कसपालको 'छोरी अन्माउँदा' बोलको गीत सार्वजनिक भएको थियो। उनी केही समयअघि बाल प्रतिभा पुरस्कार २०७५ बाट सम्मानित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।