काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री चीन तथा म्यानमारको औपचारिक सोमबार त्यस तर्फ प्रस्थान गरेका छन्।
नेपाली सेनाका अनुसार क्षत्री म्यानमारको ४ दिने भ्रमण पुरा गरी असार २४ गतेबाट चीन भ्रमणमा जाने छन्।
भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले म्यानमारका राष्ट्रपति, स्टेट काउन्सिलर, सेनाध्यक्ष लगायतलाई भेट्नेछन्।
चीनमा भ्रमणा चिनिया रक्षामन्त्री, सेनाध्यक्ष लगायत उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
क्षत्री असार २९ गते फर्कने छ।
अवकाशको मुखमा क्षत्री अनाबश्यक विदेश भ्रमणमा निस्किएको भन्दै कतिपयले आलोचना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।