Samsung Content Block Ad - Nepal Live Samsung Content Block Ad - Nepal Live
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ४, २०८३ Fri, Apr 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ब्राजिलियन खेलाडीका खुट्टामा चुम्बकीय आँखा भएझैं लाग्छ

64x64
नेपाल लाइभ मंगलबार, असार १९, २०७५  ११:३२
1140x725

काठमाडौं- विश्वकपको रौनक विश्वभरि छाएको छ। नियमित रुपमा फुटबल प्रतियोगिता हेर्ने, यसबारे सानातिना घटनाक्रमलाई नियालिरहने र यसबारे अनेक चर्चा गरिरहनेलाई मात्रै होइन, फुटबलबारे अरुबेला खासै रुचि नराख्नेहरुलाई पनि विश्वकपले जबर्जस्त तान्ने गर्छ। कतिपय त यसका प्रत्येक खेल हेरेर जित-हारमा उत्तेजित हुने, खुसी हुने र दुखी हुनेहरु पाइन्छन्। घरघरमा विभिन्न देशका समर्थकको समूह बन्ने गर्छ। बाजी थापिन्छन्। यसैगरी, विश्वकप एउटा उत्सवको रुपमा आउँछ र जान्छ।

चर्चित लेखक खगेन्द्र संग्रौला अरुबेला अध्ययन र लेखन कर्ममा व्यस्त हुनु स्वभाविक हो। र, अहिले विश्वकप फुटबलको रौनकमा जोडिनु पनि स्वभाविक हो। समग्र फुटबलबारे उनको बुझाइ कस्तो छ? चर्चित भनिएका खेलाडीहरुलाई उनले कसरी हेरिरहेका छन्? दाबेदार भनिने देशका खेलाडीका खेल कौशल उनलाई कस्तो लाग्छ? यस्तै विषयमा उनीसँग नेपाल लाइभका किशोर दहालले फुटबल संवाद गरेका छन्। पढौं, संग्रौंलाकै शब्दमाः

...

फुटबल अत्यन्तै सुन्दर खेल

मैले केही दिनअघि टेरी इगल्टन नामक एकजना मार्क्सवादी विद्वानले फुटबलबारे गरेको रोचक विश्लेषण पढेको थिएँ। उनले भनेका छन्– फुटबल भनेको अफिम हो, जसले सारा मानिसलाई लठ्याएर समाजवादमा जान दिँदैन। यो प्रगतिको शत्रु र यथास्थितिको सेवक हो। तसर्थ, घातक नसारुपी फुटबललाई खारेज गर्नुपर्छ।

यसका विपक्षमा विभिन्न मतहरु आएका छन्।

इगल्टन मलाई मनपर्ने लेखक हुन्। उनी प्रोफेसर हुन्। संस्कृतिविद् पनि हुन्। म उनको एउटा पाठक हुँ। उनको त्यो विश्लेषण पढ्दा मलाई लाग्यो, फुटबलबारे उनले अलि बढी नै भने। तथापि उनका तर्कमा दम छ। हो, फुटबललाई पुँजीवादले कमाउ धन्दाका रुपमा, खेलाडीहरुको आत्मविक्रयका रुपमा र अफिमका रुपमा प्रयोग गरेको छ।

तर, मेरो विचारमा, लुब्ध र अमानवीय पुँजीवादले फुटबलको दुरुपयोग गर्योर भन्दैमा फुटबललाई निषेधै गर्न मिल्दैन। मानव इतिहासमा आविष्कार भएका खेलहरुमध्ये सबैभन्दा रोचक र जनप्रिय फुटबल नै हो। त्यसका केही कारण छन्। पहिलो, सामान्यजनले फुटबलबाट आनन्द लिन यसको व्याकरण जानिरहनु पर्दैन। दोस्रो, यो समूहगत सूक्ष्म समन्वययुक्त खेल हो। यो अलिकता शारीरिक बल, अलिकता चातुर्य र अलिकता क्रीडा कौशलको सुन्दर संगम हो। यसमा सामूहिक चेष्टा र व्यक्तिगत प्रतिभा दुवै एकसाथ अभिव्यक्त हुन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

अँ, फुटबलको श्रेष्ठताको मापन केले गर्ने हो? यो रोचक प्रश्न छ। हो, गोल लगाउनु यो क्रीडाको श्रेष्ठताको आधार होला, तर यो श्रेष्ठताको निरपेक्ष सबुत भने किमार्थ होइन। गोल हनाइको जोड, तकाइको कोण र संयोगको योगमा भरपर्छ। तर, खेलमा कतिपय टिमले गोल गर्न नसके पनि विशिष्ट कलायुक्त खेल प्रदर्शन गरेको हुनसक्छ।

अहिले गोल गर्नु नै सबथोक भएको छ। जसरी हुन्छ गोल गर। छिर्के लगाऊ, ठेल, पेल, झेल गर- गोल लगाऊ, बस् काम तमाम। खेलमा शान्त मुद्रामा क्रीडाकौशलको सूक्ष्म अवलोकन, आनन्द र मनोरञ्जन तपसिलका कुरा हुन गएका छन्। केवल उत्तेजना, कोलाहल, शेखी, दमडी र उन्माद सर्वोपरि भएको छ। खासगरी फुलबल क्लबहरु सुरु भएपछि फुटबल द्रव्यपिचारी धन्दा भएको छ। खेलाडीको मोल बडाबड हुन्छ, पुँजीवादको बजारमा घरिघरि तिनको किनबेच हुन्छ।

अहिले फुटबलमा श्रेष्ठ भनिएका जति पनि मानिस छन्, तिनीहरु समाजको कल्याण, यसको भविष्य,  इमान र नैतिकताबारे सोच्ने बहुतै कम पाइन्छन्। जम्मै व्यभिचारी छन्। दम्भी र अहंकारी छन्। फुटबल विशिष्ट खेल त हो, भुइँमान्छेको खेल त हो तर पुँजीवादले यसलाई इगल्टनले भनेजस्तै चुत्थो व्यापारको बस्तु बनायो।

भनाइ छ– राजनीतिले मानिसलाई विभाजित गर्छ, खेलले जोड्छ। तर, अहिले फुटबल भयङ्कर विभाजनकारी भएको छ। घरभित्रै दर्शकहरुमाझ बाजी चल्छ। आफ्नो रोजाइको टिमको देवत्वकरण गरिन्छ, विरोधी टिमको दानवीकरण। बाजीको जीतमा हर्षोन्माद प्रकट हुन्छ, हारमा रुवाबासी। र, यसरी फुटबल माने तामस, विद्वेष र कलह भएको छ।

हालको विश्वकपमा दुई जना खेलाडी आकर्षणको केन्द्रमा थिए- मेसी र रोनाल्डो। दर्शकहरु, संसारैभरि, शत्रुवत् मुद्रामा यी दुई क्रीडाकर्मीमा विभाजित भए। जब मेसीले पेनाल्टी ‘मिस’ गरे, रोनाल्डोभक्तले तिनको गर्नुसम्म दानवीकरण गरे। र, उता आफ्ना इष्टदेवतुल्य रोनाल्डोको गर्नुसम्म देवत्वकरण गरे। र, संसारैभरि फुटबलका माध्यमले विषाक्त मानसिकता व्याप्त भयो। तर, देवत्वकृत रोनाल्डो पनि पेनाल्टीमा चुके। पेनाल्टी रित्तो गोलपोस्टमा हानिँदैन। त्यहाँ पूर्ण प्रशिक्षित, चनाखो र दह्रो गोल्की हुन्छ। जतिसुकै श्रेष्ठ खेलाडी किन नहोस्, पेनाल्टी मिस हुनसक्छ। खेलाडीको देवत्वकरण र दानवीकरण गर्ने कृत्यले खेललाई विकृत तुल्याउँछ। आखिर सुन्दरतम् फुटबलको नियति यही त भएको छ।

मन परेका खेलाडीहरु

पेलेको फुटबल हेर्ने अवसर मलाई प्राप्त भएन। उनका खेल कौशलका एकाध ‘ब्ल्याक एन्ड ह्वाइट’ सटहरु हेरेको छु। व्यक्ति र खेलाडीका रुपमा उनको महत्ता र विशिष्टताबारे पढेको छु। व्यक्ति र खेलाडी दुवै रुपमा पेलेको सटिक चित्रण गरेर लेखक इडुआर्डो ग्यालियानोले उनलाई अतिरिक्त अमरत्व प्रदान गरेका छन्।

आयो कुरा अब म्याराडोनाको। यी तालका खेलाडी हुन्। उनी आफैं भकुण्डोजस्ता छन्। न ज्यानको उचाइ छ, न छरितोपन छ। तथापि खेल मैदानमा उनी जादुगरजस्ता लाग्छन्। घैँटे ज्यान हल्लाउँदै वायु वेगले दगुर्छन्। यति छिटो कि हातले गोल लगाएको रेफ्री र लाइन्सम्यान धरीले देख्दैनन्। र, यी भकुण्डोरुपी म्याराडोना पछि भन्छन्— मेरो होइन, भगवानको हातले गोल लगायो।
म्याराडोना शानदार खेलाडी हुन्। तर, मानिस भने यी मलाई कहिल्यै मन परेनन्। सधैं तामसी, सधैं झगडिया, सधैं गजक्क।

अँ, मान्छेका रुपमा मलाई क्रिस्चियानो रोनाल्डो पनि कहिल्यै मन परेनन्। खाली खेलको खास क्षणमा मात्र मलाई रोनाल्डो मन पर्छन्। खुट्टाबाट गोल छुटेर पार्टनरको खुट्टामा नपुगुन्जेल अथवा गोल पोस्टमा नछिरुन्जेल। बस्। यी पनि उस्तै तामसी, क्रोधी र गजक्क। विनयशीलता प्रायः शून्य।

रोनाल्डिनियो, मेस्सी र नेइमार मलाई खूब मन पर्छन्। मानिसका रुपमा पनि, क्रीडाकर्मीका रुपमा पनि। यिनमा तामस र गजक्कपन अपेक्षाकृत कम छ।

रोनाल्डिनियो पूरै खेल मैदान भ्याउने खेलाडी। चौतर्फी धावक र अथक। एक पटक यिनले थानकोटबाट गोल हानेर मुग्लिनमा गोल लगाए। त्यति टाढाबाट क्या। बिछट्टको चमत्कार। टिमको एक अङ्गका रुपमा पनि र विशिष्ट निजी प्रतिभाका रुपमा पनि उनी गज्जप छन्। मैले उनलाई कहिल्यै आत्मकेन्द्रित अहंकारको घोडामा सवार भएको देखिनँ।

मेसी पनि मलाई निकै मन पर्छन्। उनी जादुगर हुन्। ‘डि–एरिया’को समीपमा, जहाँ भएभरका जम्मैजसो प्रतिपक्षी खेलाडी झुरुम्म हुन्छन्, तिनलाई अत्याउँदै, जिल्ल्याउँदै, बिनास्पर्श लतार्दै यिनी हुत्त गोल लाउँछन्। मैदानमा जब प्रिय मेस्सी हुन्छन्, म सधैँ त्यो जादुमय क्षणको व्यग्र प्रतीक्षामा हुन्छु।

नेइमार परे मलाई मनपर्ने कनिष्ट खेलाडी। छब्बीस वर्षे नेइमार आफ्नो कौशलको परीक्षामा छन्। उनका सामु भरपूर चमत्कार प्रदर्शन गर्ने समय, सम्भावनाहरु छन्। नपात्तिने र नमात्तिने हो भने यिनले कीर्तिमान कायम गर्छन्।

ब्राजिलको खेल कौशल राम्रो

म ल्यापटपमा फुटबल हेर्दै छु। नेटको सुस्त गतिका कारण घरिघरि बिजुली पर्दा टक्क रोकिन्छ, र खेलमा क्रम भङ्ग हुन्छ। पर्दा चल्दा गोल लागिसकको हुन्छ। अनि आफू हिस्स हर्के, हरिया दाँत।

यो पट्यारलाग्दो क्रमभङ्गका कारण टिम विशेषको विशिष्टताबारे किटानीसाथ म केही भन्न सक्दिनँ। तथापि मेरो मोटो दृष्टि र खण्डे हेराइमा मेक्सिको, क्रोएसिया र दक्षिण कोरियाले विशिष्टाका केही लक्षण देखाएका छन्। फुटबलको बूढो बाघरुपी फ्रान्सेली टिम पनि दर्शनीय राम्रो छ।

एउटा रोचक प्रसङ्ग। राजनीतिमा नेपाली कांग्रेस र फुटबलमा जर्मन टिम मलाई उस्तैउस्तै लागे। दुवैमा बूढाहरुको वर्चस्व छ। दुवैमा तरुणहरु प्रायः निषिद्ध। खेलमा जर्मनका बृद्धहरु धूलिसात् भए। राम्रो भो। अब यी बृद्ध धूलीसात्‌को ठाउँ तरुणहरुले लेलान्। अनि नेपाली कांग्रेस? खै, यसमा थकित, भ्रमित र गलित बृद्धहरुले मैदान छाड्ने लक्षण एकरत्ती देखिँदैन।

अर्जेन्टिना अपेक्षा गरेजस्तो देखिएन। न टिम स्पिरिट, न व्यक्तिगत कौशल। थकित र सुस्तहरुका बीचमा मेसी हाँसको बथानमा बकुल्ला जस्ता। आफ्नो कौशल प्रदर्शन गर्न तिनले गोल नै पाएनन्। र, हारेर ती रुँदै घर फर्के। बरा मेसी!

ब्राजिल उहिल्यैदेखि फुटबलको बेजोड जादूगर हो। ब्राजिल अझै अपेक्षाकृत राम्रो छ। अग्लाई र शारीरिक बल ब्राजिलको ऋणात्मक पक्ष हो। तर, क्रीडा–कौशलद्वारा यो कमीको पूर्ति हुनसक्छ। ब्राजिलियन खेलाडीका खुट्टामा चुम्बकीय आँखा भएझैं लाग्छ। ती गोल हान्दैनन्, चमत्कार गर्छन्। शालीनता ब्राजिलियन टिमको शोभा हो।

बाजीले बिगार्‍यो

टिम विशेषको पक्ष मैले कहिल्यै लिइनँ। म खेलको पारखी हुँ। शुरुमा यसैले जितोस् भन्ने मलाई लाग्दैन। तर, जब खेल हेर्न बस्छु, मेरो सहज सहानुभूति कमजोर टिमतर्फ हुन्छ। बलियो त यसै बलियो छ, त्यसलाई मेरो सहानुभूति किन चाहियो? खेलमा बहुधा कमजोर टिमले हार्छ, र मेरो मन कसोकसो खिन्न हुन्छ।

खेल हेर्ने क्रिडा–कौशलका लागि हो। तामसी बाजीका लागि होइन। दम्भी उन्मादका लागि होइन। चुत्थो इर्श्या र शेखीका लागि होइन। खेलमा खेलको सौन्दर्य हेर्ने हो, र त्यसबाट आनन्दित हुने हो।
बस्, फुटबलबारे म अज्ञानीका कोरा कुरा यत्ति नै।

प्रकाशित मिति: मंगलबार, असार १९, २०७५  ११:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र
स्वास्थ्यकर्मीहरुलाई सातामा दुई दिन बिदा दिने निर्णयको नेपाल चिकित्सकसंघद्वारा स्वागत
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
स्वास्थ्यकर्मीहरुलाई सातामा दुई दिन बिदा दिने निर्णयको नेपाल चिकित्सकसंघद्वारा स्वागत शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ शुक्रबार, वैशाख ४, २०८३
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्