काठमाडौं– कल बाइपासमा संलग्न एक भारतीयलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले पक्राउ गरेको छ। नयाँ दिल्ली घर भएका २४ वर्षिय जफर खानलाई ब्यूरोले पक्राउ गरेको हो।
काठमाडौं– ३२ स्थित शुभकामनामार्गमा रमेश सिंह हमालको घरमा डेरा लिइ उनले कल बाइपास गर्दै आएका थिए। प्रहरीले उनको डेराबाट जिअोआइपी गेट वे, राउटर ल्यापटप, एक सय २२ वटा सिम बरामद गरेको छ।
सिआइबीका एसपी कृष्णहरी शर्माका अनुसार टिम भ्यूअरमार्फत विदेशमा रहेका दक्ष प्राविधिकले जिओआइपी गेट वे पोर्टलाई नियन्त्रया गर्दथे।
कल बाइपासविरुद्ध सिआइबीले अप्रेसन भ्वाइस फक्स अभियान चलाइ हालसम्म एक सय ६० जनालाई पक्राउ गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।