इंग्ल्यान्ड भर्सेस कोलम्बिया
मिति– असार १९ गते, समय– राति ११:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम प्रिक्वार्टरफाइनलमा आज राति इंग्ल्यान्ड र मेक्सिकोबीच प्रतिस्पर्धा हुँदैछ।
कोलम्बियाले अहिलेसम्म इंल्यान्डलाई पराजित गर्न सकेको छैन। विश्वकपमा दुई टिमबीच पछिल्लो पटक सन् १९९८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो। खेलमा इंग्ल्यान्डले कोलम्बियामाथि २–० को जित हात पारेको थियो।
समूह चरणको पहिलो खेलमा जापानसँग पराजित भएको कोलम्बियाले त्यसपछिका महत्वपूर्ण २ खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो। फरवार्डद्वय राडामेल फल्काओ र जेम्स रोद्रिगेजबाट यसपटक कोलम्बियाले निकै आशा गरेको छ। रोद्रिगेजले अघिल्लो संस्करणका सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए। फिट हुन संघर्षरत इंग्ल्यान्डविरुद्ध खेल्नेमा शंका छ।
इंग्ल्यान्डले समूह चरणका सुरुवाती दुई खेलमा जित निकालेर अन्तिम १६ मा स्थान पक्का गरेको थियो। प्रतिभाशाली खेलाडीको जमघट रहेको इंग्लिस टिममा कप्तान ह्यारी केन, डेल अली जस्ता खेलाडीले प्रभाव परिरहेका छन्। केनले त जारी विश्वकपमा ५ गोल गरिसकेका सकेका छन्।
समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग पराजित भएको उसले पहिलो रोजाइका खेलाडीहरुलाई आराम दिएको थियो। युवा खेलाडीबाट प्रेरित इंग्ल्यान्डको लक्ष्य उपाधि जित्ने भएकाले उसले अन्तिम १६ देखि नै प्रभावशाली खेल पस्कने रणनीति बनाएको छ।

अघिल्लो संस्करणमा क्वार्टरफाइनलमा स्थान बनाएको कोलम्बिया इतिहास दोहोर्याउन चाहन्छ। सुरुवातमै खेलमा नियन्त्रण लिएर इंल्यान्डलाई दबाब दिने योजनामा कोलम्बिया छ। विशेषगरी कोलम्बियाले इंग्ल्यान्ड डिफेन्समा 'ग्याप' पाउन सक्छ। विंग्स र तीव्र काउन्टर आक्रामण गर्न सके उसले जित निकाल्न सक्छ।
इंग्ल्यान्डको ठूलो चुनौती भनेको खराब इतिहास मेट्नु हुनेछ। उसले विश्वकपको नकआउट चरणमा खराब प्रदर्शन गर्ने गरेको छ। अर्कोतर्फ कोलम्बिया भन्दा इंग्ल्यान्ड कम अनुभवी टिम हो। तर पनि इंग्लिस खेलाडी आत्मविश्वासी र प्रतिभाशील छन्। त्यसलै उनीहरु विश्वकप जित्न सक्षम छन्।

सम्भावित टिम
कोलम्बिया : डेभिड ओस्पिना, सान्टियागो एड्रिएस, डेभिन्सन सान्चेज, यारी मिना, जोहान मोजिका, कार्लोस सान्चेज, माटेउस उरिबे, जुवान काउड्राडो, जुवा क्विन्टेरो, लुइस मुनियल, राडाफल फाल्काओ
इंग्ल्यान्ड : जोर्डन पिकफोर्ड, केल वकलर, जोन स्टोन्स, ह्यारी माग्युर, केइरन ट्रिपियर, डेल अली, जोर्डन हर्नान्डेज, जिसे लिङगार्ड, एस्ले योङ, रहिम स्टर्लिङ, ह्यारी केन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।