काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी नायव निरीक्षक कृष्ण बहादुर गैरेविरुद्ध मुद्दा दायर गरेको छ।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश प्रहरीमा भर्ना भएको पुष्टि भएपछि मुद्दा दायर भएको हो।
उनले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतबाट माध्यमिक तह उत्तिर्ण गरेको शैक्षिक प्रमाणपत्र पेश गरेका थिए। जवान पदमा भर्ना भइ उनी सइमा बढुवा भएका थिए।
उनले सरकारबाट लिएको सबै तलब फिर्ताको माग तथा कैद सजायसहित मुद्दा दायर गरिएको छ।
दुई दिनअघि मात्र अपराध महाशाखाका सइ महेश सिंहविरुद्ध आयोगले मुद्दा दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।