• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

साउनदेखि 'बक्स अफिस', कहाँ पुग्यो तयारी?

64x64
नेपाल लाइभ बुधबार, असार २०, २०७५  ००:२०
1140x725

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि चल्दै आएको बहसको विषय हो बक्स अफिस। बक्स अफिस लागू भएपछि बजारमा हल मालिक र फिल्म निर्माताबीचको आर्थिक पारदर्शिता द्वन्द्व समाप्त हुनेछ भने सरकारी राजस्वमा पनि प्रत्यक्ष फाइदा पुग्नेछ।

बक्स अफिसको फाइदा हुँदाहुदै पनि नेपालमा यसको कार्यान्वयन हुन सकेको छैन। २०६७ सालबाट बहस चलिइरहे पनि कार्यान्वयन प्रक्रियाले बल्ल केही गति लिएको छ। 

२०७४ माघ १८ गते तत्कालीन सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको अगुवाइ र बोर्डको सञ्चालक समितिको बैठकले नेपालमा बक्स अफिस प्रणाली सञ्चालनमा ल्याउने औपचारिक निर्णय गर्‍यो। उक्त निर्णयमा २०७४ फागुन १ गतेबाट उत्यकाका मल्टिप्लेक्स हलमा, दोस्रो चरणमा उपत्यकाकै सम्पूर्ण हलमा र तेस्रो चरणमा साउन १ गतेबाट देशभर बक्स अफिस लागू गरिने उल्लेख गरिएको थियो। तर सो निर्णय अनुसार फागुन १ बाट मल्टिप्लेक्समा बक्स अफिस लागू हुन सकेन। 

समयसीमा नजिकिँदै गर्दा यसको तयारी र प्रगतिबारे सर्वसाधारण र फिल्मकर्मीहरु नै बेखबर छन्। 

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी भने साउन १ बाटै पूर्ण रुपमा लागू हुने बताउँछन्। 'उपत्यकाका सबै हलमा साउन १ र नेपालभर माघ १ देखि बक्स अफिस लागू हुनेछ,' उनले भने। बक्स अफिस लागू गर्न सरकारकै निर्देशन भएको र सम्पूर्ण फिल्मकर्मीहरुको जिम्मेवारीसमेत रहेकाले शंका नगर्न पनि उनले आग्रह गरे। 

'केही हलहरुमा प्राविधिक कठिनाइका कारण ढिलो हुन सक्ला तर अन्य सम्पूर्ण हलमा कुनै अवरोधबिनै बक्स अफिस लागू हुन्छ,' अधिकारी ढुक्क छन्।

बक्स अफिसको पूर्वाधार इटिकेटिङ 
बक्स अफिस सञ्चालनका लागि हुनुपर्ने पूर्वाधार इटिकेटिङको कार्य भने उपत्यका र बाहिरका अधिकांश हलमा बाँकी नै छ। इटिकेटिङ नभएको हलमा बक्स अफिस हुने कुरै भएन। 

यस्तो ढिलाइले योजना कसरी तोकिएको समयमै पूरा होला त?

nimb
nimb
Ncell 2
Ncell 2

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल भन्छिन्, ‘बक्स अफिसको तयारी लगभग सकिएको छ। केही दिनमै हामी प्रगति विवरण सार्वजनिक गर्ने तयारीमा छौं। इटिकेटिङ त साउन १ सम्म उपत्यकाभित्र सबै हलमा लागू हुन्छ।’

आर्थिक वर्ष अन्त्यको चरणमा रहेकाले पनि इटिकेटिङमा ढिलाइ भइरहेको उनको तर्क छ। 'हलहरुले चलाइरहेको टिकट सिस्टम क्लोज गर्नुपर्ने हुन्छ। नयाँ आर्थिक वर्ष सुरु भएसँगै नयाँ प्रणालीको सुरुवात हुन्छ। यस कारण पनि केही हलमा ढिलो हुन गएको हो,' उनले भनिन्।

केही हलहरुले भने स्थानीय कर कार्यालयमा आवश्यक प्रक्रिया पुर्याउन ढिलाइ गर्दा इटिकेटिङ प्रक्रिया लम्बिएको छ। अध्यक्ष पौडेलले भने दुई दिनभित्रै बोर्ड र बक्स अफिस कार्यान्वयन कार्यदलले यसको समाधान गर्ने आश्वासन दिइन्।

यता मल्टिप्लेक्समा व्यवस्था रहेको इटिकेटिङ प्रणालीलाई भने कर कार्यालयसँगको सहकार्यमा एपिआई लिंक गर्ने कार्य भइरहेको बोर्डले जनाएको छ। तर कर कार्यालयको सफ्टवेयर र बक्स अफिस समितिको सफ्टवेयर कनेक्सनमा ढिलाइ भइरहेको छ। बोर्डका अनुसार कर कार्यालयले औपचारिक रुपमा चिठी पठाइसकेको छैन। 

बक्स अफिस लागू नहुँदा के हुन्छ?
प्रक्रियामा जे भए पनि साउन १ गतेसम्म बक्स अफिस लागू हुनैपर्ने सरकारको निर्देशन रहेको छ। त्यससँगै हलवालाहरु पनि बक्स अफिस प्रक्रियामा जोडिनुपर्ने बाध्यता रहेको छ। यदि सरकारको निर्देशन अनुसार बक्स अफिसमा नजोडिए त्यस्ता हलवालालाई जिल्ला प्रशासन कार्यालयको मातहतमा सिफारिस गरी कारबाही गरिने बोर्ड अध्यक्ष पौडेल बताउँछिन्। यससँगै हलहरु बन्द हुनेछन्। उपत्यका बाहिरका हललाई भने माघ १ गतेसम्म कुनै समस्या हुनेछैन।

बक्स अफिसमा जनस्तरको बुझाइ
बक्स अफिस जडान भएपछि सिंगो फिल्म क्षेत्रको आर्थिक पारदर्शितामा एकरुपता आउने र फिल्म व्यापार सम्बनधी रिपोर्टमा विश्वसनीयता बढ्ने बुझाइ जनस्तरमा छ। तर वास्तविकता भने केही पृथक् पाउन सकिन्छ।

जसरी अहिले सञ्चारकर्मी र सर्वसाधारणले निर्माता र हलवालाहरुको ओठेजवाफबाट नै फिल्मको व्यापार पत्याउनुपर्ने अवस्था छ। बक्स अफिस लागू भएपछि पनि निर्माता र हलवालाहरुको अनुमतिबिना बक्स अफिस रिपोर्ट चेक गर्न सञ्चारकर्मी वा सर्वसाधारणलाई अनुमति हुनेछैन। 

यदि निर्माताहरुले यसको अनुमति दिएमा वैध र विश्वसनीय व्यापार रिपोर्ट बाहिर आउनेछ। 

इन्टरनेट सर्भरबाट नै इटिकेटको प्रयोग संख्या र बिक्री मूल्य केन्द्रीय डाटाबेसमा जाने भएकाले फिल्मले कति व्यापार गर्‍यो भनेर सही सूचना थाहा पाउन सकिन्छ।

के हो बक्स अफिस?
हलहरुमा फिल्म लागेपछि त्यसको चुस्तदुरुस्त र पारदर्शी हिसाबकिताब राख्ने प्रणाली हो बक्स अफिस। यो प्रणाली लागू भएपछि सबै हलले विद्युतीय उपकरणबाट मात्र टिकटको कारोबार गर्न पाउँछन्। जसका कारण हलले गर्ने सम्पूर्ण आर्थिक कारोबारको रिपोर्ट ‘इन्टरनेट’को माध्यमबाट केन्द्रीय ‘डाटाबेस सर्भर’मा जम्मा हुन्छ। 

उक्त केन्द्रीय सर्भरको माध्यमबाट सम्पूर्ण विवरण ‘बक्स अफिस’लाई नियन्त्रण गर्ने प्रशासनिक निकायलाई जिम्मा दिइनेछ। यसको ‘मोनिटरिङ’ फिल्म निर्माता र वितरक कम्पनीले गर्नेछन्।

प्रकाशित मिति: बुधबार, असार २०, २०७५  ००:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो बिहीबार, वैशाख २४, २०८३
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना बिहीबार, वैशाख २४, २०८३
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा बिहीबार, वैशाख २४, २०८३
सुनचाँदीको मूल्य बढ्यो बिहीबार, वैशाख २४, २०८३
तीन दिनपछि खुल्यो बीपी राजमार्ग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्