दमौली– तनहुँको व्यास नगरपालिका–६, पातलटारमा आज सालको रुख ढलेर च्यापिँदा एक स्कूले बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा तेजबहादुर थापाकी १० वर्षीया छोरी बिनिसा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिनिसाको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो। घाइते हुनेमा थापाकै छोरीहरु १२ वर्षीया अस्मिता र ८ वर्षीया सोनिसा छन्।
उनीहरुलाई सोही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएकोे प्रहरीले जनाएको छ।
सिसाघाटस्थित न्यू कालिका एकेडेमीमा पढ्दै गरेका ती बालिका विद्यालय जाँदै गर्दा रुख ढलेर च्यापिएको जिल्ला प्रहरी कार्यालयबाट घटनास्थल पुगेका प्रहरी हवल्दार चन्द्रबहादुर रानाले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।