काठमाडौं– पाँच पटकको विश्वविजेता ब्राजिल २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
ब्राजिलले सोमबार भएको खेलमा मेक्सिकोलाई २–० गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गर्यो। सोमबार रातिकै अर्को खेलमा जापानसँग २–० ले पछि परेको अवस्था उल्ट्याउँदै बेल्जियमले ३-२ को रोमाञ्चक जित निकाल्यो।
अब अन्तिम ८ मा ब्राजिल र बेल्जिमयबीच भिडन्त हुने भएको छ।
स्विडेन र स्विट्जरल्यान्डबीच भने मंगलबार राति पौने ८ बजे प्रतिस्पर्धा हुँदैछ। अर्को खेलमा इंग्ल्यान्ड र कोलम्बिया भिड्दैछन्।
ब्राजिलले कस्तो रणनीतिले खेल्दा जित हात पार्यो? बेल्जियमले जापानविरुद्ध कसरी खेल उल्ट्यायो? इंग्ल्यान्डलाई कोलम्बियाले कस्तो चुनौती देला?
नेपाल लाइभका सीताराम कोइरालासँग नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले विश्लेषण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।