इनरुवा– पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कटानमा गएराति भएको सवारी दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ।
मृत्यु हुनेमा सबै ६ जना भारतीय रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। धरानबाट घुमफिर गरी घर फर्कने क्रममा उनीहरु सवार बि आर ०६ पी बी ६४१८ नम्बरको बोलेरो अनियन्त्रित भइ दुर्घटनामा परेको थियो। कोशी कटानमा भएको सो दुर्घटनामा तीन जनाको घटनास्थलमै तथा अन्य तीनको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको थियो।
मृत्यु हुनेमा भारत बिहार मधुवनीका सञ्जीवकुमार पौदार, सुपौलका पाँच वर्षीय गोनुकुमार राय, कञ्चनकुमारी राय, सुरेन्द्रकुमार सुमन, धीरेन्द्रकुमार राय र ललियादेवी राय छन्। दुर्घटनामा १० वर्षीय आदिमकुमार रायसहित निलुदेवी पौदार र ललनकुमार राय घाइते भएकामा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।