काठमाडाैं– असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बोबी’को ‘अरे सुन...’ बोलको गीत सार्वजनिक भएको छ।
सार्वजनिक गीतामा प्रविशा अधिकारी र ताराप्रकाश लिम्बुको स्वर छ। गीतमा तारा प्रकाशकै शब्द तथा संगीत छ।
वास्तविक जोडी उमेश थापा र कविता गुरुङको अभियन रहेको रोमान्टिक गीतलाई नर्वेका विभिन्न रमणीय स्थानमा खिचिएको छ। सार्वजनिक गीतमा कविराज गहतराजको कोरियोग्राफी र बनिश शाहको सम्पादन रहेको छ।
सञ्चारकर्मी नरेश भट्टराई र गिरिराज घिमिरेको कथा मिलन चाम्सको निर्देशनमा एक वास्तविक प्रेम जोडीको आफ्नै कथावस्तुमा निर्माण भएको फिल्म हो बोबी। फिल्ममा वास्तविक जोडी उमेश र कविताको नै अभिनय रहेको छ।
फिल्ममा उमेश र कविताका अलावा विजय लामा, रुवि राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पूर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।