एजेन्सी– सञ्जय दत्तको जीवनीमा आधारित फिल्म सञ्जुले भारतीय बक्स अफिसमा प्रत्येक दिन नयाँनयाँ रेकर्ड बनाइरहेको छ। फिल्मले प्रर्दशनमा आएको चौथो दिनसम्म १४४.३१ करोड कमाइ गरिसकेको छ।
फिल्म भारतसँगै अन्य देशमा पनि प्रदर्शनमा छ। यसै क्रममा दुबईमा फिल्म सञ्जुको बढ्दो क्रेजका कारण २४सै घन्टा फिल्महलहरु खुल्ला गरिएको छ।
दुबईमा प्राय: बिहीबारबाट फिल्महरु हलप्रवेश गर्ने गर्दछन् तर सञ्जु शुक्रबारबाटै प्रदर्शनमा आएको हो। दुबई सिटी सरकारले फिल्महलमा बढेको भिड र दर्शकको चाहान अनुसार शुक्रबार र शनिबारका लागि २४सै घन्टा हल सञ्चालनमा ल्याउन अनुमति दिएको भारतीय सञ्चारमाध्यम टाइम्सनाओ न्युजले उल्लेख गरेको छ।
सञ्चारमाध्यमका अनुसार सञ्जय दत्तको विवादास्पद जीवनी हेर्न दर्शकहरु आतुर रहेकाले सञ्जुको व्यपार उल्लेख्य रहनेछ।
फिल्ममा सञ्जय दत्तको भूमिका अभिनेता रणवीर कपुरले निर्वाह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।