खजुरा, बाँके- निरन्तरको भारी वर्षाका कारण नेपालगन्जबाट कर्णालीका पहाडी जिल्लाका लागि हुने हवाई उडान सेवा ठप्प भएको छ।
आइतबार साँझदेखि सुरु भएको वर्षापछि नेपालगन्जबाट कर्णाली क्षेत्रअन्तर्गतका जिल्लामा हुने सबै हवाई उडान सोमबारदेखि बन्द गरिएको नागरिक उड्डयन कार्यालय, नेपालगन्जका सूचना अधिकारी कृष्ण गौतमले बताए।
नेपालगन्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुमा दैनिक उडान हुने गरेका छन्। हुम्लाका लागि उडान नहुँदा ५ सयभन्दा बढी भारतीय तीर्थयात्री यहाँका विभिन्न होटलमा अलपत्र परेका छन्।
कर्णालीबाहेक काठमाडौंको उडान मात्र नियमित रहेको सो कार्यालयले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।