स्विडेन भर्सेस स्विट्जरल्यान्ड
मिति– असार १९ गते, समय– राति ०८:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत प्रिक्वार्टरफाइनलको खेलमा अाज राति स्विडेन र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।
समानस्तरको टिमसँग प्रतिस्पर्धा गर्दा क्वार्टरफाइनलमा प्रवेश गर्ने प्रवल सम्भावना रहेको दुवै टिमले बुझेका छन्। स्विडेन र स्विट्जरल्यान्डले युरोपियन छनोटमा सकारात्मक नतिजा निकालेका थिए। अब दुई टिम विश्वकपको अन्तिम १६ मा पनि त्यस्तै नजिताको अपेक्षा गर्दै अन्तिम १६ मा पुग्न चाहान्छन्।
स्विडेन २४ वर्षपछि विश्वकपको अन्तिम ८ मा पुग्न चाहान्छ। यसअघि सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा स्विडेनले तेस्रो स्थान हात पारेको थियो। यता स्विट्जरल्यान्डको राम्रो नतिजा सन् १९९५ मा अन्तिम ८ मा पुग्नु हो। त्यसयता स्विट्जल्यान्ड क्वार्टरफाइनलमा नपुग्दै बाहिरिदै आएको छ।
मेक्सिकोमाथि ३–० को जित निकालेकले स्विडेन उच्च मनोबलमा छ। यता सर्वियालाई हराएर अन्तिम १६ मा स्थान बनाउँदा स्विट्जरल्यान्डको आत्मविश्वास बढेको छ। स्विट्जरल्यान्डले पहिलो खेलमा ब्राजिललाई १–१ को बराबरीमा रोकेको थियो। त्यसैले लयमा रहेका दुई टिमको भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

स्विट्जरल्यान्डसका डिफेन्डरद्वय फाबियन स्चइर तथा कप्तान स्टेफिन लिचेस्टाइन लगातार २ खेलमा पहेँलो कार्डका पाएक कारण स्विडेनबिरुद्ध खेल्ने छैनन्। यस्तै स्विडेनका जान एन्डर्सन पनि कार्डका कारण खेल्न पाउने छैनन्।
'अन्डरडग'को छवि बनाएको स्विडेन फिफा वरीयतामा फड्कोसँगै विश्वकप फुटबलमा पनि उत्कृष्ट खेल्न चाहान्छ। स्विट्जरल्यान्ड बिरुद्धको खेलमा स्विडेनको रक्षापंक्तिले मुख्य भूमिका निर्वाह गर्नेछ। मेक्सिकोलाई ३ गोल गरेपछि स्विडनको फरवार्ड पनि अब्बल भएको प्रमाणित भएको छ। खेलाडी एकबद्ध हुनु स्विडेनको बलियो पक्ष हो। अन्तिम १६ मा खेल्दा स्विडेनलाई गुमाउनु केहि नभएकाले कम दबाव हुनेछ।

सुरुवातमा राम्रो खेल्न नसक्नु स्विट्जरल्यान्डको कमजोर पक्ष हो। तर बिस्तारै लयमा फर्कने स्विट्जरल्यान्ड जुनसुकै टिमका लागि खतरा बन्न सक्छ। स्विडेन शारिरीक रुपमा बलियो भएको बुझेको स्विट्जरल्यान्डले सुरुवातदेखि नै आक्रामक खेल्न चाहान्छ।
दुई टिमबीच अहिलेसम्म २९ पटक प्रतिस्पर्धा भएको छ। जसमा स्विट्जरल्यान्डले ११ खेलमा जित निकाल्दा स्विडेन १० खेलमा विजयी भएको छ। ८ खेल बराबरीमा सकिएको छ। मुख्य प्रतियोगितामा भने दुई टिमबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।