काठमाडौं– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयन हुनेमा यथास्थितिवादीहरु अझै विश्वस्त हुन नसकेको बताएका छन्।
जनकपुरमा मंगलबार आयोजित 'संक्रमणकालिन संघीयताको व्यवस्थापन' विषयक कार्यशाला गोष्ठीको उद्घाटन सत्रलाई मुख्यमन्त्री राउतले सम्बोधन गरेका थिए। 'यथास्थितिवादीहरुले नचाहँदा नचाहँदै मधेसी जनताको आन्दोलनको बलमा संघीयता आएको हो', उनले भने, 'संघीयता कार्यान्वयन हुनेमा यथास्थितिवादीहरु अझै विश्वस्त हुन सक्नु भएको छैन।’
लामो संघर्ष र बलिदानीले प्राप्त संघीयताको भविष्य प्रदेश २ को सफलतामा निर्भर रहेको बताउदै उनले संघीयताको सफल कार्यान्वयनको लागि आफूहरु जस्तोसुकै कदम उठाउन तयार रहेको उल्लेख बताए।
स्थायी सत्ता अर्थात् ब्युरोक्रेटले माथिबाट असहयोग गर्ने प्रयास गरिरहेको टिप्पणी गर्दै उनले फेरि पनि असहयोगको प्रयास भए आफूहरु करारमा कर्मचारी भर्ना गरेर प्रदेश चलाउन बाध्य हुने चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।