सुरुंगा, झापा- गौरीगञ्ज पाडाजुँगी सडकखण्डमा टिप्परको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर– ८ बाहुनडाँगीका २२ वर्षीय नेलसन भण्डारी र गौरादह– १ का १८ वर्षीय विवेक बराल रहेका छन्।
गौरादह–१ नीलगिरि प्लटिङ नजिकै मे ४ प १४४७ नं को मोटरसाइकललाई ना ३ ख ८४७४ नं को टिप्परले मंगलबार ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा मोटरसाइकल चालक मेनपा–८ का २० वर्षीय प्रवेश भण्डारी गम्भीर घाइते भएका छन्। भण्डारीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मोटरसाइकललाई ठक्कर दिएलगत्तै ब्रेक लगाउँदा चिप्लिएर टिपर पल्टिएको र सोही टिपरले किचेर मोटरसाइकल पछाडि बस्ने भण्डारी र बरालको घटनास्थालमै मृत्यु भएको हो।
टिपर चालक उर्लाबारी–१ मोरङका ४९ वर्षीय चन्द्रबहादुर लिम्बूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।