विराटनगर– मोरङको कटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
कटहरी गाउँपालिका–३ का ४० वर्षीय राजाराम राजबंशीको टिभीको तारबाट करेन्ट लागेर मृत्यु भएको हो।
टिभीको तार मिलाउन खोज्दा करेण्ट लागेको र उपचारका लागि अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।