विराटनगर– झापाको गौरादहमा टिप्परको ठक्करबाट आइतबार मोटरसाइकलमा सवार २ युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
गौरादह नगरपालिका–१ स्थित भित्री सडक खण्डमा ना३ख ८४७४ नम्बरको टिप्परले ३ जना सवार मे४प १४४७ नम्बरको मोटरसाइकललाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो।
दुर्घटनामा मेचीनगर नगरपालिका–८, बाहुनडाँगीका २१ वर्षीय नेल्सन भण्डारी र गौरादह नगरपालिका–१ का २२ वर्षीय विवेक दरालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ।
मोटरसाइकल चालक मेचीनगर नगरपालिका–८, बाहुनडाँगीका २२ वर्षीय प्रवेश भण्डारी घाइते भएका छन्। भण्डारीको स्थानीय ममता मेडिकलमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न टिप्परका चालक मोरङ उर्लाबारी नगरपालिका–१ का ४९ वर्षीय चन्द्रबहादुर लिम्बुलाई इलाका प्रहरी कार्यालय गौरादहको नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।