सल्यान– सल्यानमा तरकारी बोकेको पिकप गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएकोे छ भने १ जना गम्भीर घाइते भएका छन्।
दाङबाट तरकारी बोकेर सल्यानतर्फ हिँडेको ना५ख ७६४५ नम्बरको पिकप कपुरकोट गाउँपालिका–३ चोरखोलामा सोमबार राति करीब १० बजे दुर्घटनामा परेको थियो। घटनामा सल्यान बागचौर नगरपालिका–८ का ३५ वर्षीय गोरख डाँगीको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परेर दाङ जिल्ला घर भएका गोविन्द चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
मृतक डाँगीको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ भने घाइते चौधरीको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीको भनाइ छ। गाडी सडकदेखि करीब १ सय मिटर तल खसेको छ। गाडी के कारणले पल्टियो त्यसबारे कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।