अम्मान– सिरियाको दक्षिणी क्षेत्रमा भएको द्वन्द्वका कारण दुई लाख ७० हजार सिरियाली नागरिक विस्थापित भएका छन्।
विस्थापितहरूको सङ्ख्या बढ्दै गएर पौने तीन लाख पुग्न लागेको संयुक्त राष्ट्रसंघीय निकायले सोमबार जनाएको छ।
‘दक्षिणी सिरियामा भएको लडाइका कारण विस्थापित हुनेहरुको संख्या झण्डै दुई लाख पुगेको अनुमान गरिएपनि विवरण संकलन गर्दासम्म दुई लाख ७० हजार पुगेका छन्,’ अम्मानस्थित राष्ट्रसंघीय निकाय युएनएचसीआरका प्रवक्ता मोहम्मद हवारीले बताए।
झण्डै दुई हप्तादेखि भइरहेको हवाई तथा स्थल आक्रमणबाट स्थानीय बासिन्दा निकै त्रसित भएकाे बताइएकाे छ।
विद्रोहीहरूको नियन्त्रणमा रहेको दक्षिणी सिरियाको डारा प्रान्तमा सरकारी सुरक्षाकर्मीहरूले आक्रमण गरेपछि द्वन्द्व फेरि बल्झिएको हो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।