काठमाडौं– मलेसियन कार निर्माता प्रोटोनको  कम्प्याक्ट एसयूभी प्रोटोन एक्स–५० काठमाडौंका सडकमा देखिएको छ। 
प्रोटोन एक्स–५० ४ संस्करणहरूमा आउने कम्पनी स्रोतले जानकारी दिएको छ। 
यसमा १.५ लिटर टर्बोचार्ज्ड थ्री-सिलिन्डर र शीर्ष फ्ल्यागशिप भेरियन्टमा टीजीडीआई (डायरेक्ट इन्जेक्सन) टर्बोचार्ज्ड थ्री-सिलिन्डर पेट्रोल हुनेछ। टीजीडीआई इन्जिनले १३० पीएस पावर र २५५ एनएम टर्कको क्षमता बढाएर १५० पीएस अधिकतम पावर र २२६ एनएम टर्क जेनेरेट गर्ने बताइएको छ।
काठमाडौंको सडकहरूमा देखिएको प्रोटोन एक्स५० मा उन्नत खालको चालक सहायता प्रणाली (एडीएएस) सहितका सुविधाहरु उपलब्ध रहेका छन्। 
प्रोटोन एक्स५० एसयूभीमा उत्कृष्ट-इन-क्लास सुविधाहरू समावेश गरिएको कम्पनीले दाबी गरेको छ। 
नेपालका लागि प्रोटोन कारको आधिकारिक विक्रेता जगदम्बा मोटर्स नेपाल हो। जगदम्बाले 2020 देखि नै इन्ट्री लेभलको सेडान खण्डमा प्रोटोन सागा र र प्रीमियम एयूभी खण्डमा प्रोटोन एक्स७० बिक्री गर्दै आएको छ। 
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।